एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडाैं | पुस २, २०८२

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।

 

अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।

 

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् ।  प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मङ्गलबार राति अबेरसम्म पनि सुरु हुन नसकेपछि बुधबार बिहानका लागि सारिएको थियो ।

 

 

निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ भने भीड व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।

 

अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ नेता पोखरेलबिच प्रतिस्पर्धा छ ।

 

 

दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

 

कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान गर्दैछन् । केही पदमा निर्विरोध चयन भइसकेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ ।

 

महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ । यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।

 

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

थप पढ्नुहोस्

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

थप पढ्नुहोस्